‘जोगिन्दर’ ले ल्याए गाईजात्रे झटारो ‘बालेन सरकार’
kalakarmi.com · Sun Aug 09 04:24:52 GMT 2026

काठमाडौं- लोकप्रिय हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले गाईजात्रे कमेडी ‘बालेन सरकार’ ल्याएका छन् । यस वर्षको (२०८३) हास्य र व्यङ्ग्यको पर्व गाईजात्रालाई लक्षित गर्दै उनले देशका समसामयिक विषयदेखि राजनीति र नेतासम्मलाई व्यङ्ग्य गर्दै यो कोसेली ल्याएका हुन् ।
‘बालेन सरकार’ मा उनले सरकारलाई सल्लाह र सुझावका रूपमा खबरदारी गर्दै गत फागुन २१ को निर्वाचनलाई समेत कटाक्ष गरेका छन् । समग्र नेपालीहरूको बानी-व्यवहारलाई समेत प्रहार गरेका उनको यो कोसेली ओएसआरको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । विगत २३ वर्षदेखि नियमित व्यङ्ग्यका कोसेली ल्याउँदै आएका उनले ‘बालेन सरकार’ दर्शक तथा स्रोताहरूलाई हास्यव्यङ्ग्यका माध्यमबाट विशुद्ध मनोरञ्जन दिन र चेतना प्रवाह गर्ने उद्देश्यले ल्याएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)