एनएमबि सरल बचत फण्ड – इ ले इकाईधनीलाई आकर्षक प्रतिफल वितरण गर्ने
ajakoartha.com · Sun Aug 09 05:41:00 GMT 2026

काठमाडौं- एनएमबि म्युचुअल फण्ड अन्तर्गत यस कम्पनी योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनएमबि सरल बचत फण्ड-इ (NMB Saral Bachat Fund-E) ले आर्थिक वर्ष २०८२/८३ को लागि २०८३ आषाढ मसान्तमा कायम इकाई पुँजी रू. ४,८१,१७,५५,९७८।४० (अक्षरुपी चार अर्ब एकासी करोड सत्र लाख पचपन्न हजार नौ सय अठहत्तर रुपैयाँ चालिस पैसा) को ५.२५ (पाँच दशमलव दुई पाँच) प्रतिशत (कर सहित) को दरले हुन आउने रकम रु. २५,६८,१७,१८८।८७ (अक्षरुपी पच्चीस करोड अठसठ्ठी लाख सत्र हजार एक सय अठासी रुपैयाँ सतासी पैसा) बराबर नगद प्रतिफल वितरण गर्ने निर्णय भएको छ ।
उक्त प्रतिफलको लागि मिति २०८३ श्रावण २१ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका इकाईधनीहरू मात्र योग्य हुने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)