रक्षा सम्झौतामा इजिप्ट पनि सहभागी हुने टर्कीकाे अपेक्षा
reportersnepal.com · Sun Aug 09 05:54:12 GMT 2026

काठमाडौँ । टर्कीले क्षेत्रीय स्थिरता कायम गर्ने उद्देश्यले साउदी अरब र पाकिस्तानसँग गरेको संयुक्त रक्षा सम्झौतामा इजिप्ट पनि सहभागी हुने अपेक्षा गरेको छ । टर्कीका विदेशमन्त्री हाकान फिदानले शनिबार इजिप्टलाई सबै विषयमा स्वाभाविक साझेदार भन्दै आगामी चरणमा उक्त देश पनि सम्झौतामा सहभागी हुने विश्वास व्यक्त गरेका हुन् ।
साउदी अरब, टर्की र पाकिस्तानले शुक्रबार ‘मक्का संयुक्त रक्षा सम्झौता’मा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार कुनै एक सदस्य राष्ट्रमाथिको आक्रमणलाई सबै सदस्य राष्ट्रमाथिको आक्रमणका रूपमा लिइनेछ । यसको उद्देश्य तीन देशबीच सामूहिक प्रतिरोध क्षमता सुदृढ गर्नु रहेको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)