सुनको मूल्य फेरि ३ लाख नाघ्यो
onlinekhabar.com · Sun Aug 09 05:49:49 GMT 2026

२४ साउन, काठमाडौं । सुनको मूल्य फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ तोकेको छ ।
यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ हजार ८ सय रुपैयाँ बढी हो । अघिल्लो दिन २ लाख ९६ हजार ९ सय रुपैयाँ थियो । चार कारोबार दिनमै सुनको मूल्य प्रतितोला १७ हजार ९ सय रुपैयाँ बढेको छ । गत मंगलबार सुनको भाउ प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)