काठमाडौंमा देखियो चेरी क्यू, नाइमा मोबिलिटी एक्स्पोमा हुनेछ औपचारिक अनावरण
ictsamachar.com

काठमाडौं । बहुप्रतीक्षित विद्युतीय सवारी चेरी ‘क्यू’ आधिकारिक सार्वजनिक प्रदर्शनअघि नै काठमाडौंका सडकमा देखिएको छ । राजधानीमा गाडी देखिएसँगै अटोमोबाइलप्रेमी र सर्वसाधारणबीच यसको चर्चा बढेको छ ।
नेपालका लागि चेरीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिका अनुसार चेरी ‘क्यू’को औपचारिक सार्वजनिक प्रस्तुति २६ देखि ३१ साउनसम्म भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा गरिनेछ । प्रदर्शनीमा आगन्तुकहरूले पहिलोपटक यो विद्युतीय सवारीलाई प्रत्यक्ष अवलोकन गर्ने अवसर पाउने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)