चाडपर्वकै माहोलमा क्रिकेटको ‘महाउत्सव’
ratopati.com · Sun Aug 09 06:21:40 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आउँदो कात्तिक ९ गतेदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिताको मिति सार्वजनिक गर्दै कात्तिक ९ देखि मंसिर ५ गतेसम्म एनपीएल सञ्चालन हुने जनाएको हो ।
क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार यसपटक एनपीएलको समय नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैँ र तिहारको बीचमा परेको छ । यसअघि तिहारपछि मंसिर महिनामा आयोजना हुँदै आएको प्रतियोगिता यसपटक चाडपर्वको मौसममै क्यानले आयोजना गर्न थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)