१५ वर्षीय किशोर १६ दिनदेखि सम्पर्कविहीन
onlinekhabar.com · Sun Aug 09 06:15:34 GMT 2026

२४ साउन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१०, मनमैजु बस्दै आएका १५ वर्षीय समिप खड्का १६ दिनदेखि सम्पर्कविहीन भएका छन् । परिवारका अनुसार उनी साउन ८ गते शुक्रबार अपराह्न करिब ४ बजे घरबाट बाहिरिएका थिए । त्यसपछि अहिलेसम्म घर फर्किएका छैनन्।
उनीसँग कुनै सम्पर्क पनि हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)