सुशासन र नागरिकमा राज्यप्रति विश्वास जगाउनु अहिलेको मुख्य उपलब्धि : हरि ढकाल
ratopati.com · Sun Aug 09 06:43:11 GMT 2026

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मुलुकमा सुशासन कायम गर्नु र नागरिकमा राज्यप्रति विश्वास जगाउनु नै वर्तमान समयको सबैभन्दा ठुलो उपलब्धि हुने बताएका छन् ।
आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा मुलुकको वर्तमान अवस्था र सुशासनका सम्बन्धमा धारणा राख्दै सभापति ढकालले देश एकै पटक समृद्ध नहुने र सुशासन पनि रातारात नआउने बताए । अहिलेको आवश्यकता एक अर्कालाई दोषारोपण गर्नुभन्दा नागरिकमा आशा र विश्वास जगाउने खालका बहस र पैरवी गर्नु रहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)