गोरुसिङ्गे जंगलमा मृत भेटिए कांग्रेस नेता किरण सिंह
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
कपिलवस्तु । नेपाली कांग्रेसका नेता एवं कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंह मृत भेटिएका छन् । शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन सिंह गोरुसिङ्गेको जंगलमा मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक दीपक कुँवरले जानकारी दिए ।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। शुक्रबार दिउँसोबाट उनी सम्पर्कविहीन भएका थिए । तौलिहवा गोरुसिङ्गे सडक अन्तर्गत ढेकारी नजिकैबाट मोटरसाइकल शुक्रबार राति फेला परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)