तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह
arthasansar.com · Sun Aug 09 07:01:24 GMT 2026

तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह मृत फेला परेका छन् । सिंहको शब जिल्लाको गोरुसिंगे जंगलमा आइतबार फेला परेको कपिलवस्तु प्रहरीले जनाएको छ ।
६५ वर्षीय सिंह शुक्रबार अन्दाजी २ बजेतिर कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए । पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो । सिंहको खोजीका लागि गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)