कपिलवस्तुका पूर्वमेयर सिंह मृत भेटिए
annapurnapost.com · Sun Aug 09 07:09:40 GMT 2026

कपिलवस्तु : कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत अवस्थामा भेटिएका छन्। तीन दिनदेखि सम्पर्कविहीन रहेका सिंहको शव कपिलवस्तुको गोरुसिङ्गे जंगल क्षेत्रमा फेला परेको हो। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
कपिलवस्तु नगरपालिकाका पूर्वमेयर सिंह कपिलवस्तुको तिलौराकोट साझेदारी वन क्षेत्रमा बेपत्ता थिए। उनको खोजीका लागि नेपाल प्रहरीले विशेष तालिमप्राप्त कुकुर परिचालन गर्नुका साथै ड्रोनबाट समेत खोजी गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)