कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, मोटरसाइकल भेटिएको स्थान नजिकै शव
kalakarmi.com · Sun Aug 09 07:38:20 GMT 2026

कपिलवस्तु- कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत अवस्थामा फेला परेका छन् । गत शुक्रबारदेखि सम्पर्कविहीन रहेका ६५ वर्षीय सिंह आइतबार गोरुसिंगे जंगल क्षेत्रमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहर भट्टका अनुसार सिंहको खोजीका क्रममा उनको शव मोटरसाइकल भेटिएको स्थान नजिकै फेला परेको हो। सिंहले प्रयोग गर्दै आएको मोटरसाइकल शनिबार नै जंगल क्षेत्रमा फेला परेको थियो। त्यसपछि प्रहरीले उनको खोजीलाई तीव्र बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)