तस्वीरमा हेर्नुस् विश्व आदिवासी दिवस
onlinekhabar.com · Sun Aug 09 08:21:12 GMT 2026

२४ साउन,काठमाडौं । विश्वका आदिवासी जनजातिहरूले अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइरहेका छन् ।
नेपालमा काठमाडौंको खुलामञ्जमा विशेष कार्यक्रम आयोजना गरिएको छ । आदिवासी जनजाति समुदायहरू आ-आफ्नो सांस्कृतिक पहिचानसहित खुलामञ्चमा पुगकाे छन् । झाँकीसहित उनीहरु खुलामञ्चमा पुगेका हुन् । मूल समारोह खुलामञ्चमै आयोजना गरिएको छ । त्यहाँ विभिन् स्टलहरु राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)