ब्राजिलमा हेलिकप्टर दुर्घटना, एकै परिवारका तीन महिलासहित चारको मृत्यु
annapurnapost.com · Sun Aug 09 08:34:44 GMT 2026

ब्राजिल : ब्राजिलको रियो दि जेनेरियोमा हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । शनिबार भएको दुर्घटनामा हेलिकप्टरका पाइलटसहित तीन जना कोलम्बियाली महिलाको मृत्यु भएको कोलम्बियाली महावाणिज्यदूतले जनाएको छ । ती तीन महिला एउटै परिवारका सदस्य रहेको बताइएको छ ।
उनीहरू सहरको छेउमा रहेको बाक्लो जंगल र पहाडी क्षेत्र तिजुका राष्ट्रिय निकुञ्जमाथि पर्यटकीय भ्रमणका लागि हेलिकप्टरमा सवार थिए । दुर्घटनापछि रियो दि जेनेरियोका मेयर एडुआर्डो काभालिएरीले पर्यटकीय हेलिकप्टर उडानको निगरानी थप कडा बनाउनु पर्ने बताएका छन् । नयाँ सुरक्षा उपाय लागू गर्ने क्रममा यस्ता उडान ‘एक–दुई हप्ताका लागि’ स्थगित गर्न सकिने समेत उनले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)