हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
ajakoartha.com · Sun Aug 09 09:18:00 GMT 2026

काठमाडौं- हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) ले आर्थिक वर्ष २०८२÷८३ (२०२५÷२६) मा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको जनाएको छ । कम्पनीले यस अवधिमा रु. ३९ करोड ८७ लाख २० हजार खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको रु. २१ करोड ६१ लाख ७० हजार को तुलनामा ८४.४५ प्रतिशतले बढी हो। कम्पनीका अनुसार यो उपलब्धिले नेपालमा इन्स्टा फाइनान्स क्षेत्रमा आफ्नो अग्रणी स्थानलाई थप मजबुत बनाएको छ ।
आर्थिक वर्षभर कम्पनीको कर्जा लगानी पनि उल्लेखनीय रूपमा विस्तार भएको छ । कम्पनीको कुल कर्जा पोर्टफोलियो ५२.२५ प्रतिशतले वृद्धि भई रु. १२ अर्ब २२ करोड पुगेको छ, जसमा विशेषगरी सवारी साधन वित्तीयकरण (अटोमोबाइल फाइनान्सिब) को महत्वपूर्ण योगदान रहेको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)