‘रोड टु एभरेस्ट’ वृत्तचित्रको फर्स्ट लुक पोस्टर र अफिसियल टिजर सार्वजनिक
khabarhub.com · Sun Aug 09 09:25:14 GMT 2026

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, जिज्ञासा र जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखेर निर्मित वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को फर्स्ट लुक पोस्टर तथा अफिसियल टिजर सार्वजनिक गरिएको छ ।
यस वृत्तचित्रले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको असाधारण यात्राको कथा प्रस्तुत गर्छ । ५० वर्ष नाघेका एक व्यक्तिले उमेर, समय र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा आरोहणको सपना पछ्याएको प्रेरणादायी यात्रालाई वृत्तचित्रले संवेदनशील ढंगले प्रस्तुत गरेको निर्माण पक्षको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)