राज्यका सामु तेर्सिएका अनेकौं प्रश्न
baahrakhari.com · Sun Aug 09 09:39:11 GMT 2026
काभ्रेका पराजुली दम्पती बुधवार सुनकोसीको दोलालघाटमा नदीमा हाम फालेपछि बेपत्ता भएका छन् । क्यान्सरले थलिएकी पत्नीलाई नदीसम्म लगेर सँगै नदीमा हाम फालेको घटनाले उनीहरूले जीवन त्याग गर्ने कठोर निर्णय गरेको देखिन्छ । यसरी पाका उमेरका दम्पतीले सँगै आत्महत्या गर्नुपर्ने अवस्था समाज र राज्य दुवैका लागि गम्भीर चिन्ताको विषय हो ।
काभ्रेको मण्डनदेउपुर नगरपालिका-७ का ६७ वर्षीय दम्पतीमध्ये पत्नी बोनम्यारो क्यान्सरबाट थलिएकी थिइन् । यहीबीच पतिमा पनि प्रोस्टेटको समस्या देखिएपछि पराजुली दम्पती विह्वल भएका आफन्तहरूले सञ्चार माध्यमहरूलाई जानकारी दिएका छन् । सम्भवतः यिनै पीडाबाट व्यथित भएर उनीहरूले देहत्याग गर्ने निर्णय गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)