प्रतिनिधिसभामा चार नयाँ विधेयक प्रस्तुत गरिने, परराष्ट्र र श्रम मन्त्रीसँग प्रश्नोत्तर
ratopati.com · Sun Aug 09 11:23:52 GMT 2026

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाको सोमबार (साउन २५ गते) बस्ने बैठकमा चार विधेयक प्रस्तुत हुने भएका छन् । दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने कार्यक्रम पनि सङ्घीय संसद् सचिवालयले सम्भावित कार्यसूचीमा राखेको छ ।
दिउँसो १ बजे बस्ने बैठकमा सुरुमा मन्त्रालयगत प्रश्नोत्तरको कार्यक्रम रहने संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची तय गरिएको सूचनामा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)