युक्रेनी ड्रोन आक्रमणमा रुसको बेलगोरोदमा ५ जनाको मृत्यु
ratopati.com · Sun Aug 09 11:21:12 GMT 2026

काठमाडौँ । रुसको बेलगोरोद सहरमा युक्रेनले रातभर गरेको ड्रोन आक्रमणमा ५ जनाको मृत्यु भएको रुसी अधिकारीहरूले बताएका छन् । आइतबार भएको आक्रमणमा सुरुमा ३ जनाको मृत्यु भएको र २५ जना घाइते भएको बताइएको थियो। घाइतेमध्ये दुई बालबालिका पनि छन् । पछि मृतकको संख्या ५ पुगेको हो।
बेलगोरोद क्षेत्रका कार्यवाहक गभर्नर अलेक्जान्डर शुवायेभका अनुसार आक्रमणपछि दुईवटा आवासीय भवनमा आगलागी भएको थियो भने ठूलो संख्यामा आवासीय तथा गैरआवासीय भवनमा क्षति पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)