कार्यकारी निकायबाटै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भयो: भीष्मराज आङ्देम्बे
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सरकारको नेतृत्व गर्नेहरूबाटै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको आरोप लगाएका छन्। ३२औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधानको रक्षा गर्ने जिम्मेवारी पाएको कार्यकारी निकायबाटै यसमा समेटिएका उपलब्धिमाथि पटक-पटक घोचपेच हुने गरेको टिप्पणी गरे।
संविधानमा लिपिबद्ध भएका आदिवासी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम, थारू तथा सीमान्तकृत समुदायका अधिकार कसैको निगाहमा प्राप्त नभई लामो संघर्ष र रगत-पसिनाको बलमा स्थापित भएको उनले स्पष्ट पारे। अधिकार प्राप्तिका लागि सामाजिक सञ्जालमा बहस चलाए पनि आवश्यक पर्दा समुदाय एकजुट र संगठित हुन नसकेकोमा असन्तुष्टि व्यक्त गर्दै उनले आफ्ना उपलब्धिको रक्षाका लागि आदिवासी जनजाति आफैँ सचेत र संगठित हुनुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)