अनलाइन जुवाबाट पौने ३ करोड कारोबार गर्ने पक्राउ
nepalpress.com · Sun Aug 09 11:24:28 GMT 2026

काठमाडौं । मोबाइल क्यास एप्लिकेसनबाट सट्टेबाजी गराउने प्रेम थापालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार बेलुकी ५:३० बजे भद्रकालीमा शंकास्पद अवस्थामा प्रहरीले देखेपछि बूढानीलकण्ठ नगरपालिका-१२ बस्ने वर्ष ४१ वर्षीय थापालाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले पक्राउ गरेको थियो । उनीबाट ४ थान मोबाइल र एउटा ल्यापटपसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)