एनपीएल २०२६ : सुदूरपश्चिम रोयल्सले भित्र्यायो इंग्ल्यान्डका सेफ अली जैब
ratopati.com · Sun Aug 09 11:29:24 GMT 2026
काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का लागि इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ । एनपीएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिम रोयल्सबाट खेलेका जैब प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनले ९ खेलमा दुई अर्धशतकसहित २७५ रन बनाउनुका साथै १२ विकेट लिएका थिए।
राष्ट्रिय टोलीबाट भने नखेलेका जैबले इंग्ल्यान्डको घरेलु क्रिकेटमा निरन्तर प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। बाँयाहाते ब्याटर जैबले टी २० क्रिकेटमा ११२ खेलबाट १ हजार ७९२ भन्दा बढी रन बनाएका छन्। उनको स्ट्राइक रेट १४० भन्दा माथि छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)