अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र
onlinekhabar.com · Sun Aug 09 11:25:17 GMT 2026

२४ साउन, चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले देखाउँछ, विशु जैसीको आर्थिक अवस्था । निथ्रुक्क भिजेर उप्केको घरको बान्नो र चुहिने टिनले ढाकेको टहराले उनको अवस्थालाई थप प्रट्याउँछ ।
छविसपाथिभेरा गाउँपालिका–१ का विशुको अवस्था बाल्यकालदेखि नै सामान्य थिएन । बालकैमा बाआमाको स्नेही काख गुमाउनुभएका विशु साहारा दिने मान्छे नभएपछि छिमेकीको लहलहैमा लागेर भारत पसे । परदेशको कठोर सङ्घर्ष गर्दै कहिले घरेलु कामदार, कहिले भारी बोक्ने, कहिले गाडी पुछ्दै उनले ५० वर्ष बिताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)