महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन
khabarhub.com · Sun Aug 09 11:35:48 GMT 2026

बैतडी – बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक करोड छ लाख १९ हजार ३१९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यभन्दा १६ दशमलव ७६ प्रतिशत बढी हो ।
कार्यालय प्रमुख लोकेन्द्रबहादुर सिंहले कार्यालयले गत आर्थिक वर्षका लागि ९० लाख ९५ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य पाएकामा लक्ष्यभन्दा १६ दशमलव ७६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)