साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी
barnanmedia.com · Sun Aug 09 11:56:37 GMT 2026

हुथी विद्रोहीले साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको दाबी गरेका छन् । साउदी अरबले उक्त रिफाइनरीमा लागेको आगो नियन्त्रणमा लिएको जानकारी दिएलगत्तै हुथी समूहले आक्रमणको दाबी गरेको हो ।
हुथी विद्रोही समूहका सैन्य प्रवक्ता याह्या सारीले जिजानस्थित साउदी आरामको रिफाइनरीलाई ड्रोनमार्फत लक्षित गरिएको बताए । उत्तरपश्चिमी यमनमा साउदी ड्रोनको घुसपैठको जवाफमा उक्त कारबाही गरिएको उनको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)