भोटेकोशी बाढी: गोरखामा थप सात शव व्यवस्थापन
ratopati.com · Mon Aug 31 16:58:20 GMT 2026

गोरखा । भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट त्रिशूली नदीले बगाएर गोरखाका नदी क्षेत्रमा फेला परेका थप सात शव आज व्यवस्थापन गरिएको छ । गोरखास्थित गण्डकी गाउँपालिका र सहिदलखन गाउँपालिकाको क्षेत्रभित्र फेला परेका मध्य तत्काल पहिचान हुन नसक्ने थप सात शव सोमबार अस्थायी रूपमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।
गोरखामा शनिबारदेखि शव व्यवस्थापन गर्न सुरु गरिएको हो । पहिचान गर्न सकिने सग्लो शव पोखरा पठाउने गरिएको जनाउँदै पहिचान गर्न समस्या हुने किसिमका शवलाई लुदीखोला घाटमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)