नेशनल लाईफ इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग
ratopati.com · Mon Aug 31 16:55:21 GMT 2026

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
गत भाद्र १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको भिषण बाढीका कारण भएको धनजनको क्षतिप्रति सहानुभूति प्रकट गर्दै कम्पनीले उक्त सहयोग उपलब्ध गराएको हो । बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले यो रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)