लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
nagariknews.nagariknetwork.com · Sun Aug 09 11:56:54 GMT 2026

हुलाकी सडकअन्तर्गत जनकपुर–भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका १ पर्सास्थित निर्माणाधीन कुटमेश्वरी पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीय तथा यात्रु सास्तीपूर्ण रूपमा यात्रा गर्न बाध्य छन्। सडकको अधिकांश भाग निर्माण भइसक्दा पुल लामो समयदेखि अधुरै रहेको हो।
यसले स्थानीयवासी, विद्यार्थी, किसान र यात्रुले दैनिक रूपमा सास्ती खेप्नुका साथै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। भारतसँगको व्यापार, धार्मिक पर्यटन तथा स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको उक्त हुलाकी सडकको अधिकांश खण्डले पूर्णता पाइसकेको छ। तर, बिगही खोलाको पुल निर्माणमा ढिलाइ हुँदा आवागमन जोखिमपूर्ण बन्दै गएको स्थानीय बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)