शल्यक्रियाकै क्रममा अपरेशन थिएटरमा सोनु निगमले गाए रफीको कालजयी गीत
kalakarmi.com · Sun Aug 09 12:10:45 GMT 2026

नयाँ दिल्ली- भारतीय संगीतका चर्चित तथा बहुआयामिक पार्श्वगायक सोनु निगमले फेरि एकपटक संगीतप्रतिको आफ्नो समर्पण प्रमाणित गरेका छन् । हालै शल्यक्रियाका क्रममा उनले अपरेशन थिएटरमै गीत गाएर चिकित्सक टोली मात्र होइन, लाखौं प्रशंसकको मन जितेका छन् ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा सोनु निगम अस्पतालको अपरेशन थिएटरमा शल्यक्रिया भइरहेका बेला महान गायक मोहम्मद रफीको कालजयी गीत ‘सुहानी रात ढल चुकी’ गाइरहेको देखिन्छ। उनले यो विशेष क्षणको भिडियो आफ्नै आधिकारिक इन्स्टाग्राममार्फत सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)