अनावश्यक ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह, डिपोहरूमा सुरक्षाकर्मी परिचालन गरिँदै
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौँ । खाना पकाउने एलपी ग्यासमा हुन सक्ने कालोबजारी रोक्न र बजारमा सहज आपूर्ति कायम गर्न गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र पारिएको छ। भारतबाट ग्यास आयातमा कुनै बाधा नरहे पनि बजारमा कृत्रिम अभाव सिर्जना गरी महँगो मूल्यमा बिक्री गर्ने प्रवृत्ति बढेको गुनासो आएपछि सरकारले यसमा कडाइ गरेको हो।
उद्योग मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीका अनुसार अनुगमनलाई प्रभावकारी बनाइएसँगै बजारमा आपूर्ति सहज हुन थालेको छ। कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई कठिनाइमा पार्ने गतिविधि नियन्त्रण गर्न उद्योगमन्त्री गौरीकुमारी यादवले गृहमन्त्री सुधन गुरुङसँग छलफल गर्दै काठमाडौँ उपत्यकाका डिपोहरूमा सुरक्षाकर्मी परिचालन गर्न आग्रह गरेकी थिइन्। मन्त्री यादवको सोही आग्रहअनुसार गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई आवश्यक समन्वय र सहजीकरणका लागि कडा निर्देशन दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)