पुराना ग्राहकलाई निःशुल्क एप कनेक्टिभिटी र इन्फोटेनमेन्ट एक्टिभेसन उपलब्ध गराउँदै बीवाईडी
techpana.com · Sun Aug 09 12:46:59 GMT 2026

काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आफ्ना विद्यमान ग्राहकहरूको सवारी अनुभवलाई थप सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ । सुपेरियर आफ्टर सेल्स सर्भिस, स्मार्ट कनेक्टिभिटी र कम्प्लिट ओनरशिप प्रोटेक्सनलाई ध्यानमा राख्दै यो देशव्यापी अभियान सञ्चालन गरिएको हो ।
काठमाडौंको गुहेश्वरीस्थित साइमेक्स केयरमा आयोजित एक विशेष कार्यक्रमका बीच यो अभियानको औपचारिक सुरुवात गरिएको छ । हाल देशभर सञ्चालनमा रहेका १३ वटा बीवाईडी सर्भिस सेन्टरबाट यो सेवा एकैसाथ लागु भएको कम्पनीले जनाएको छ । आगामी २७ साउनदेखि सुरु हुन लागेको नाडा मोबिलिटी एक्स्पोको पूर्वसन्ध्यामा यो योजना सार्वजनिक गरिएको हो । जसले नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ उत्साह थप्ने अपेक्षा कम्पनीले गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)