आईपीओ ल्याउन लागेको अम्बे स्टिल्सले ९ महिनामा गर्यो ६ अर्बको व्यापार, १ करोड रुपैयाँ खुद घाटा
clickmandu.com · Tue Jun 30 03:37:20 GMT 2026

काठमाडौं । प्राथमिक सेयर निष्कासन (आईपीओ) ल्याउने तयारीमा रहेको अम्बे स्टिल्सले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ६ अर्ब १८ करोड ८० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२५ मा ९ अर्ब १० करोड ९० लाख रुपैयाँ, सन् २०२४ मा ८ अर्ब ५ करोड ९० लाख रुपैयाँ, सन् २०२३ मा ८ अर्ब ३४ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा १० अर्ब ८७ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीको कारोबार गत आवमा १३ प्रतिशतले वृद्धि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)