भ्रमले कुखुरा व्यवसायलाई बढी क्षति
baahrakhari.com · Tue Jun 30 03:36:15 GMT 2026
नेपालमा व्यावसायिक कुखुरापालन कृषि अर्थतन्त्रको महत्त्वपूर्ण आधार बनेको छ । राष्ट्रिय तथ्यांक कार्यालयको व्यावसायिक कुखुरापालन सर्वेक्षण २०८१/८२ अनुसार यस क्षेत्रबाट वार्षिक करिब ८७ अर्ब रुपैयाँ बराबरको कारोबार हुन्छ । मनाङ र मुस्ताङबाहेक ७५ जिल्लामा फैलिएको यस व्यवसायले ६३ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।
वार्षिक ११ करोड ७१ लाखभन्दा बढी ब्रोइलर कुखुरा उत्पादन हुने नेपालमा मासु, अण्डा, चल्ला र मलको बिक्रीबाट ठूलो आर्थिक गतिविधि सिर्जना भएको छ । बागमती प्रदेश उत्पादन र चल्ला उत्पादनमा अग्रस्थानमा छ भने गण्डकी प्रदेशमा चल्ला निस्कने दर सबैभन्दा राम्रो देखिएको छ । तर यति ठूलो लगानी भएको क्षेत्रमा ४ प्रतिशतभन्दा केही बढी फार्मले मात्र बिमा गरेको तथ्यले यसको जोखिम व्यवस्थापन कमजोर रहेको देखाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)