घर बसी बसी आम्दानी गर्न सकिने लोभमा लिंक क्लिक गर्दा कोरियामा कमाएको २९ लाख एक रातमै गायब
techpana.com · Sun Aug 09 13:29:08 GMT 2026

काठमाडौं । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पुगेर फर्किएका बिनोजकुमारले पसिना बगाएर कमाएको रकम रातभरमै गुमाउनु परेको छ । सामाजिक सञ्जाल फेसबुकमा देखिने ‘लोभलाग्दो’ विज्ञापनको लिंकमा क्लिक गर्दा उनका तीनवटा बैंक खातामा रहेको २७ लाख ८१ हजार रुपैयाँ लुटिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले केही दिन अघि मात्र काठमाडौं जिल्ला अदालतमा यस सम्बन्धी अभियोगपत्र दायर गरेको छ । जसअनुसार, बिनोजकुमारले कोरियाबाट फर्केपछि ग्लोबल आईएमई बैंक, महालक्ष्मी विकास बैंक र प्रभु बैंकमा आफ्नो बचत जम्मा गरेका थिए । ती खाताहरूलाई उनले डिजिटल भुक्तानीका लागि कनेक्ट आईपीएसमा लिंक गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)