संविधानमा अधिकार, व्यवहारमा उस्तै उपेक्षा
baahrakhari.com · Sun Aug 09 13:35:11 GMT 2026

काठमाडौं । हरेक वर्ष आयोजना हुने आदिवासी जनजाति दिवसको समारोहमा वक्ताहरूको एउटै गुनासो दोहोरिन्छ – लामो संघर्षबाट प्राप्त उपलब्धि संविधानमा लेखिए पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन सकेन । आइतबार काठमाडौंमा आयोजित ३२औँ आदिवासी दिवसको मूल समारोहमा धारणा राख्ने वक्ताहरूले पनि यही विषय उठाए ।
उनीहरूले संविधानले आदिवासी जनजातिसहित महिला, दलित, मधेसी, मुस्लिम, थारु, अल्पसंख्यक तथा सीमान्तकृत समुदायका अधिकार सुनिश्चित गरे पनि राज्यका संरचनामा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)