पूर्वमन्त्री गोविन्दराज जोशीले पाए कैद छुट
nepalviews.com · Sun Aug 09 13:49:09 GMT 2026

काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री गोविन्दराज जोशीले कैद सजायमा छुट पाएका छन्। विशेष अदालत र सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका जोशी अब जेल बस्नु नपर्ने भएको छ।
७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कैद सजायमा ७५ प्रतिशतसम्म छुट दिने कानुनी व्यवस्थाअनुसार जोशीले असार २४ गते कैद छुटको माग गर्दै निवेदन दिएका थिए। उक्त निवेदनमा शुक्रबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)