सुरुङमा फसेकाको उद्धारमा ढिलाइप्रति इन्जिनियर्स एसोसिएसन आक्रोशित
baahrakhari.com · Mon Aug 31 17:08:42 GMT 2026

काठमाडौं । सरकारले सुरुङमा फसेका इन्जिनियर तथा प्राविधिकहरूको उद्धारमा ढिलाइ गरेको भन्दै नेपाल इन्जिनियर्स एसोसिएसनले आक्रोश व्यक्त गरेको छ ।
सोमबार एसोसिएसनको ललितपुरस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सुवासचन्द्र बरालले उद्धारका लागि सरकारले इन्जिनियरहरूसँग समन्वय नगरेको बताए । ''एसोसिएसनले सुरुदेखि नै सरकारका संयन्त्रसँग उद्धारमा सहकार्य गर्न खोजे पनि सरकारले आफैँले सहकार्य गर्न चाहेन,'' उनले भने,'' म यहीँमार्फत नेपाल सरकारसँग राज्यको पूर्ण क्षमता परिचालन गरेर वा बाहिरबाट जनशक्ति ल्याएर भए पनि साथीहरूको सकुशल उद्धार गर्ने कुरामा चाहिँ कुनै पनि कसुर बाँकी नराखियोस् भन्ने म जोडदार माग गर्न चाहन्छु । अब समय ढल्किसकेको छ ।''
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)