एक वर्षमा उठ्यो एक करोड २० लाख बक्यौता
lokaantar.com

नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको अवधिमा एक करोड २० लाख सात हजार बक्यौता उठाएको छ । शाखाले आर्थिक वर्ष २०८२/८३ मा ७७१ ग्राहकबाट उक्त बक्यौता उठाएको हो ।
प्राधिकरणको खाँदबारी वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीका अनुसार सरकारी कार्यालयबाट मात्र चार लाखभन्दा बढी बक्यौता उठाएको छ । प्राधिकरणले सदरमुकाम खाँदबारी आसपास र चैनपुर बजार क्षेत्रमा तथा विभिन्न उद्योगबाट बक्यौता उठाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)