नेकपाले माग्यो कांग्रेसले लिएका सबै मन्त्रालय, तीन मन्त्रालय दिन एमाले सहमत
ratopati.com · Sun Aug 09 14:04:28 GMT 2026

विराटनगर । एमाले र नेकपाबिच भएको तीनबुँदे सहमतिअनुसार कोशी प्रदेशमा सरकार विस्तारको तयारी तीव्र बनेको छ । गएको शुक्रबार पहिलो चरणमा भएको छलफलमा नेकपाले आफ्नो पार्टीलाई हाल सरकारमा रहेको कांग्रेसकै हैसियतमा मन्त्रालय भागबण्डा हुनुपर्ने सर्त राखेको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कांग्रेसले अहिले लिएका मन्त्रालयको संख्याकै हाराहारीमा आफ्नो पार्टीले पाउनुपर्ने बताए । ‘मन्त्रालय भागबण्डाबारे छलफल नै सुरु भएको त छैन । तर, प्रारम्भिक हिसाबको अनौपचारिक कुराकानीमा हामीले कांग्रेसकै हैसियतमा सरकारमा जाने नत्र नजाने भनेका छौं,’ आङ्बोले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)