हरियालीले बढायो कोटेश्वर–कलंकी सडकखण्डको सौन्दर्य (तस्वीरहरू)
shilapatra.com · Tue Jun 30 03:27:00 GMT 2026

काठमाडौं उपत्यकाको चक्रपथ विस्तारको दोस्रो खण्ड निर्माणमा भएको लामो ढिलाइले राजधानीको समग्र शहरी स्वरूप प्रभावित बनेको छ । निर्माण सामग्री, धुलोधुवाँ र अव्यवस्थित सडकका कारण धेरै स्थान कुरुप देखिँदा सर्वसाधारणले सास्ती खेपिरहेका छन् । तर, चक्रपथअन्तर्गत कोटेश्वर–कलंकी सडक खण्डको ललितपुरस्थित सानेपा क्षेत्र भने हरियालीका कारण आकर्षणको केन्द्र बनेको छ ।
ललितपुर महानगरपालिका र विभिन्न सरोकारवाला निकायको सहकार्यमा करिब सात वर्षअघि सडक किनारमा रोपिएका वृक्षहरू अहिले राम्रोसँग हुर्किएपछि सानेपा क्षेत्र हराभरा बनेको हो । सडकका दुवैतर्फ फैलिएको हरियालीले सहरको सौन्दर्य अभिवृद्धि गर्नुका साथै वातावरणलाई पनि स्वच्छ बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)