कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु
ratopati.com · Sun Aug 09 14:56:35 GMT 2026

महेन्द्रनगर । कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० यता हालसम्म सवारी दुर्घटनामा परी १५४ जनाले ज्यान गुमाउनुका साथै एक हजार ७८४ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक बलेन्द्र नाथले सवारी दुर्घटनामा बर्सेनि स्थानीयले ज्यान गुमाइरहेका भन्दै पूर्व-पश्चिम राजमार्गमा बढी दुर्घटना भइरहेकाले सवारी चलाउँदा सचेत हुनुपर्नेमा जोड दिए । 'ट्राफिक जानकारीसहित सचेतना पनि फैलाइरहेकै छौँ,' उनले भने, 'मोटरसाइकल र स्कुटर दुर्घटनामा बढीले ज्यान गुमाएका देखिन्छ ।' उनले ठूला सवारीसाधन दुर्घटना न्यून रहे पनि साना सवारीको दुर्घटना बढी हुने गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)