आजदेखि प्राइम कमर्सियल बैंकको तीन अर्ब रुपियाँ बराबरको ऋणपत्र बिक्री खुला
corporatenepal.com · Tue Jun 30 03:41:41 GMT 2026

काठमाडौं। प्राइम कमर्सियल बैंक लिमिटेडले आज (असार १६ गते) देखि ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ नामक ऋणपत्र सार्वजनिक निष्काशन तथा बिक्री खुला गरेको छ। बैंकले १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ६.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता ऋणपत्र जारी गर्दैछ, जसको कुल मूल्य ३ अर्ब रुपैयाँ बराबर रहेको छ। जारी गरिने कुल ऋणपत्रमध्ये १८ लाख कित्ता अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको हिस्सा व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)