स्युचाटारस्थित लोड डिस्प्याच सेन्टर पुगे मन्त्री श्रेष्ठ
ratopati.com · Thu Aug 27 16:05:24 GMT 2026

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्युचाटारस्थित लोड डिस्प्याच सेन्टर पुगेर राष्ट्रिय विद्युत् प्रणालीको अवस्थाबारे जानकारी लिएका छन्। रसुवामा आएको आकस्मिक बाढीले विद्युत् उत्पादन, प्रसारण र वितरणका महत्त्वपूर्ण संरचनामा ठूलो क्षति पुर्याएको छ। त्रिशूली ३बी हबको २२० केभी सबस्टेसन पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै विभिन्न प्रसारण लाइन तथा विद्युत् आयोजनामा क्षति पुगेपछि उल्लेख्य विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ।
विपद्का बाबजुद हाल राष्ट्रिय विद्युत् प्रणाली स्थिर र सुरक्षित रूपमा सञ्चालनमा रहेको विराजभक्तले बताएका छन्। करिब २,९३० मेगावाटको प्रणाली पिक लोड सन्तुलित रूपमा व्यवस्थापन भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)