विपत्ति आउनु १२ दिनअघि नै ‘अलर्ट’ गराइएको चीनको दाबी
ratopati.com · Mon Aug 31 17:18:17 GMT 2026

काठमाडौँ । नेपालमा गत भदौ १० गते आएको भीषण बाढी र पहिरोका कारण ठुलो जनधनको क्षति भइरहेका बेला छिमेकी मुलुक चीनले एक सनसनीपूर्ण दाबी गरेको छ । चीनले नेपालमा निम्तिएको यो प्राकृतिक विपत्तिबारे घटना हुनुभन्दा १२ दिनअघि नै चेतावनी दिएको बताएको हो ।
बाढी र प्राकृतिक प्रकोपको समयमा आवश्यक तथ्याङ्क तथा पूर्वसूचना साझा नगरेको भन्दै चीनको आलोचना भइरहेका बेला बेइजिङले आफ्नो बचाउमा यस्तो स्पष्टीकरण दिएको हो । चीनका अनुसार उसको ‘वर्ल्ड मेट्रोलोजिकल सेन्टर’ ले विपत्ति आउनुभन्दा १२ दिनअघि नै नेपाललाई इमेलमार्फत सम्भावित जोखिमबारे सचेत गराएको थियो । उक्त इमेलमा भारी वर्षा, भूक्षय र आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन भनिएको चीनको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)