धादिङमा चारवटा सवारी एकआपसमा ठोक्किँदा तीनजना घाइते
baahrakhari.com · Sun Aug 09 16:06:56 GMT 2026

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–७, जुंगेखोलास्थित पृथ्वी राजमार्गमा चारवटा सवारी एकआपसमा ठोक्किएको छ । आइतबार हायस, टिपर, ट्याक्सी र स्कुटर एकआपसमा ठोक्किँदा तीनजना घाइते भएका छन् ।
काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बा.३ ख ८८८८ नम्बरको हायस र विपरीत दिशातर्फ जाँदै गरेको बा.४ ख ३९५१ नम्बरको टिफर एकआपसमा ठोक्किएका थिए । त्यसपछि सोही दिशातर्फ जाँदै गरेको ग.१ ज ३५११ नम्बरको ट्याक्सी र बा.प्र. ०२–०१८ प १८५९ नम्बरको स्कुटर टिफरको पछाडि ठोक्किएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)