बालुवाटारमा दोस्रोपल्ट पुगे रवि लामिछाने, प्रधानमन्त्रीसँग ४५ मिनेट कुराकानी
onlinekhabar.com · Sun Aug 09 16:12:10 GMT 2026

२४ साउन, काठमाडौं । सरकार र पार्टीबीच बढ्दो संशय र तिक्तताबीच प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच ४५ मिनेट कुराकानी भएको छ । प्रधानमन्त्री बालेनलाई भेट्न सभापति लामिछाने आइतबार साँझ बालुवाटार पुगेका थिए ।
बालेनले पछिल्लोपल्ट फेसबुकमा आफू विभिन्न चुनौतीसँग एक्लै लड्नुपरेको भनी अभिव्यक्ति दिएपछि सभापति लामिछाने असन्तुष्ट छन् । साथै केही राजनीतिक नियुक्ति, सरकारका सम्भावित कदम तथा पार्टीका अपेक्षाबारे दुई नेताबीच कुराकानी भएको स्रोतले बतायो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)