सहारा एकेडेमीको सहयोगार्थ हाइकिङ हुने
baahrakhari.com · Sun Aug 09 16:58:53 GMT 2026
काठमाडौं । सहारा क्लब पोखराको आयोजनामा आउँदो शनिबार स्वास्थ्य, पर्यटन र सामाजिक सेवाको सन्देशसहित ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ आयोजना हुने भएको छ । पोखराको सहारा फुटबल एकेडेमीको सहयोगार्थ सो इभेन्टस हुन लागेको हो ।
पोखरा–९ स्थित फल्चाबाट बिहान ७ बजे सुरु भई पर्यटकीय क्षेत्र काहुँ डाँडासम्म पुग्ने गरी हाइकिङको यात्रा तय गरिएको क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए । प्रकृतिसँग रमाउँदै शारीरिक व्यायाम गर्ने अवसरसँगै सामाजिक सेवामा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको उनले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)