गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै
ratopati.com · Sun Aug 09 18:29:06 GMT 2026

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा लाग्ने विशेष मेलालाई लक्षित गरी तीर्थयात्रीका लागि आवश्यक खाद्यान्न तथा आवासको व्यवस्थापन तीव्र पारिएको छ ।
गोसाइँकुण्ड मार्गमा सञ्चालित होटल व्यवसायीहरूले मेला भर्न आउने भक्तजनका लागि पर्याप्त भोजनको व्यवस्था मिलाउन दाल, चामल, तेल, नुन, मसलालगायत खाद्य सामग्री उच्च क्षेत्रमा ढुवानी गरिरहेका छन् । गोसाइँकुण्ड मार्गको छाता सङ्गठन होटल व्यवसायी सङ्घका अध्यक्ष रेन्जन निमा तामाङका अनुसार खन्ती देउराली, डिम्सा, चन्दनबारी, लौरीविनायक हुँदै गोसाइँकुण्डसम्मका २५ भन्दा बढी होटलले खाद्यान्नको भण्डारण र व्यवस्थापन गरिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)