इरानको सर्वोच्च सुरक्षा प्रमुखमा पूर्व आईआरजीसी कमाण्डर मोहसेन रेजाई नियुक्त
ratopati.com · Sun Aug 09 18:58:32 GMT 2026

काठमाडौँ । इरानका सर्वोच्च नेता मुजतवा खामेनीले पूर्व आईआरजीसी प्रमुख मोहसेन रेजाईलाई देशको सर्वोच्च सुरक्षा पद ‘सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्’ को सचिवमा नियुक्त गरेका छन् । यस पदमा नियुक्त भएसँगै रेजाईले परिषद्मा खामेनीको प्रतिनिधिका रूपमा समेत काम गर्नेछन् ।
यसअघि यो पद अलि लारीजानीले सम्हालेका थिए, जसको गत मार्चमा अमेरिकी–इजरायली आक्रमणमा हत्या भएको थियो । लारीजानीपछि मोहम्मद बाकिर जुल्कादरले यो जिम्मेवारी सम्हाल्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)