इराकले सशस्त्र समूहलाई निशस्त्रीकरण गर्न इरानलाई दियो सेप्टेम्बर ३० सम्मको समय
clickmandu.com · Tue Jun 30 04:20:16 GMT 2026

एजेन्सी । इराक सरकारले देशमा सक्रिय इरान समर्थक सशस्त्र समूहलाई आगामी सेप्टेम्बर ३० भित्र निशस्त्रीकरण प्रक्रिया पूरा गर्न समयसीमा तोकेको छ । उक्त मिति अमेरिकाको नेतृत्वमा रहेको जिहादीविरोधी अन्तरराष्ट्रिय गठबन्धनको इराकस्थित सैन्य मिसन समाप्त हुने दिनसँग पनि मेल खान्छ ।
सरकारका प्रवक्ता हैदर अल–अबौदीले सोमबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा सबै सशस्त्र समूहलाई सेप्टेम्बर ३० सम्म निशस्त्रीकरणसम्बन्धी प्रक्रिया पूरा गर्न जानकारी गराइएको बताए । उनका अनुसार त्यसपछि राज्यको नियन्त्रणबाहिर रहेका सबै हतियार कानुनी कारबाहीको दायरामा पर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)